Home Asia Cup एसिसी ईमर्जिङ कपमा भारतलाई पराजित गर्दै श्रीलंकाद्वारा उपाधी कब्जा

एसिसी ईमर्जिङ कपमा भारतलाई पराजित गर्दै श्रीलंकाद्वारा उपाधी कब्जा

एसियालि क्रिकेट काउन्सिलको आयोजनामा श्रीलंकामा सम्पन्न एसिसी ईमर्जिङ एसिया कप क्रिकेटको उपाधी श्रीलंकाले उचालेको छ ।

श्रीलंका स्थित प्रेमदशा अन्तर्राष्ट्रिय स्टेडियममा बलियो प्रतिद्वन्दी भारतलाई ३ रनले पाखा लगाउदै श्रीलंकाले उपाधी उचालेको हो ।

श्रीलंकाले जितको लागी दिएको २७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६७ रन मात्र बनाउन सकेको थियो ।

भारतको लागी ब्याटिङमा कप्तान जयन्त यादवले सर्वाधिक ७१ , शम्स मुलानिले ४६ , नितेश रानाले ४० , रुतुराज गैकवाडले ३१ , अतित सेईथले २८ र हिम्मत सिहले १८ रन बनाए पनि टिमलाई उपाधी भने दिलाउन सकेनन ।

बलिङतर्फ श्रीलंकाका असेला गुणारत्नेले ३ तथा सहिन जैसुर्या र लाशिथ अ्म्बुलदेनियाले समान २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलुु टोलि श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रनको योगफल तयार पारेको थियो । श्रीलंकाको लागी ब्याटिङमा म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज भएका कैमेन्डु मेन्डिजले सर्वाधिक ६० , हसिथा बोईगोधाले ५४ , सहिन जयसुर्याले ४६ , वाईनडु हस्रङ्गाले ३१ , अभिस्का फर्नान्डोले २९ र कप्तान सम्मु असनले २० रनको योगदान दिएका थिए ।

गत डिसेम्बर ६ बाट सुरु भएको प्रतियोगितामा भारत , श्रीलंका , पाकिस्तान , बङ्गलादेश ,अफगानिस्तान , युएई , हङकङ र ओमन गरि ८ रास्ट्रको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here