Home Cricket कंचनपुरमा चौथो लालझाडी टि-२० क्रिकेट प्रतियोगिता अगामी पुस १६ गते देखी हुदै

कंचनपुरमा चौथो लालझाडी टि-२० क्रिकेट प्रतियोगिता अगामी पुस १६ गते देखी हुदै

कंचनपुर जिल्लाको पुनर्वास स्थित लालझाडी युवा क्लब-११ को आयोजनामा अगामी पुस १६ गतेबाट चौथो लालझाडी टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पुनर्वास नगरपालिका स्थित राष्ट्रिय माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजन हुने प्रतियोगिता अगामी पुस १६ बाट सुरु भई २३ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

प्रमुख प्रायोजकको रुपमा सुदुर पश्चिमान्चल एकेडेमी र सहप्रायोजकको रुपमा लिटिल फ्लावर बोर्डिङ स्कुल रहेको प्रतियोगितामा विभिन्न १६ टोलिले सहभागिता जनाउनेछ्न ।
गत संस्करणमा विजेता टोलिले ५० हजार र ट्रफी प्राप्त गरेको प्रतियोगितामा यस पटक विजेता टोलिले नगद ७० हजार र ट्रफी , उप-विजेता टोलिले नगद ३५ हजार र ट्रफी प्राप्त गर्ने प्रतियोगितामा म्यान अफ द सिरिजले नगद ७ हजार प्राप्त गर्नेछ्न ।

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान , बलर , फिल्डर र किपरलाई समेत नगद ५-५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here