10 July 2015; Shakti Gauchan, Nepal, receives the Man of the Match award from match referee Steve Bernard. ICC World Twenty20 Qualifier 2015, Nepal v USA. Stormont, Belfast. Picture credit: Oliver McVeigh / ICC / SPORTSFILE (Photo by Sportsfile/Corbis via Getty Images)

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका ३४ वर्षीय नेपाली भेट्रान क्रिकेटर शक्ती गौचनले आज आफ्नो करियरकै अन्तिम घरेलु क्रिकेट खेल खेक्दैछ्न ।

काठमान्डौमा जारी तेस्रो एभरेस्ट प्रिमियर लिगमा पोखरा राईनोज टिमका मार्की प्लेयरको रूपमा रहेका शक्ती गौचनले दिपेन्द्र सिह ऐरी मार्की प्लेयर रहेको चितवन टाईगर्स विरुद्ध अन्तिम खेल खेल्न लागेका हुन ।

अन्तर्राष्ट्रिय क्रीकेटमा विकेट लिए पछि शक्ति

सन २००२ बाट नेपाली क्रिकेट टोलिमा डेभ्यु गरेका शक्तिले गत अगस्टमा नेदरल्यान्डसङ्ग सम्पन्न ऐतिहासिक एकदिवसीय खेल पस्चात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

बायाँ हाते स्पिन बलर तथा अलराउन्डर शक्ति गौचनले नेपालको लागी १ एकदिवसिय अन्तर्राष्ट्रिय खेल खेल्दै ब्याटिङ तर्फ ९ रन जोडेका छ्न भने ९ अन्तर्राष्ट्रिय टि-२० खेलमा १३ रन जोड्नुका साथै ८ विकेट लिएका छ्न । त्यस्तै गरि शक्ती गौचनले ४ प्रथम श्रेणी खेलमा १५७ रन जोडेका छ्न भने ५ विकेट समेत लिएका छ्न ।

२३ लिस्ट ए खेल खेलेका शक्तिले १५४ रन बनाउनुका साथै १८ विकेट समेत लिएका छ्न ।

नेपालको लागी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने खेलाडी मध्ये दोस्रो खेलाडी बनेका शक्तिले सन २००५ को आईसिसी विश्वकप क्वालिफायरमा ईटाली विरुद्ध १०३ बलमा १०६ रनको अविजित पारी खेलेका थिए ।

एभरेस्ट प्रीमियर लिगमा शक्ति

भारतबाट आफ्नो क्रीकेट करियर सुरु गरेका शक्तीले सन २००१ बाट नेपालको अन्डर-१७ टोलिमा प्रवेश गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा शक्ति द पावरको रूपमा परिचीत शक्ती गौचनले नेपाली क्रीकेट विकासमा मैदान भित्र महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

CHRISTCHURCH, NEW ZEALAND – JANUARY 21: Shakti Gauchan of Nepal fields during the ICC Cricket World Cup Qualifier match between Canada and Nepal at Hagley Oval on January 21, 2014 in Christchurch, New Zealand. (Photo by Martin Hunter-IDI/IDI via Getty Images)

जारी एभरेस्ट प्रीमियर लिगमा ४ खेलमा लगातार पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको शक्ती गौचन सम्म्लित टिम पोखरा राईनोजको लागी आजको खेलमा प्रतियोगितामा अन्तिम खेल हो भने भेट्रान क्रीकेटर शक्ती गौचनको लागी पनि अन्तिम खेल हो ।

ब्याटिङमा शक्ति
एभरेस्ट प्रीमियर लिगको फिल्डिङमा शक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here