Home Cricket सुनिल धमलाको अर्धशतक : पोखराद्वारा चितवनलाई १३० रनको लक्ष्य प्रस्तुत

सुनिल धमलाको अर्धशतक : पोखराद्वारा चितवनलाई १३० रनको लक्ष्य प्रस्तुत

नेपाली सिनियर टोलिका सदस्य सुनिल धमलाले जारी एभरेस्ट प्रिमियर लिगमा ५१ रनको अर्धशतकिय पारी खेलेपछि प्रतियोगिताबाट बाहिरिसकेको पोखरा राईनोजले चितवन टाईगर्सलाई जितको लागी १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमान्डौ स्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको शक्ती गौचनको कप्तानिमा रहेको पोखरा राईनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।

पोखराको लागी ब्याटिङमा सुनिल धमलाले ४२ बलमा ३ चौका र २ छ्क्का सहित ५१ , बिनोद भन्डारिले २७ , केईल कोट्जरले २३ र राजेस पुलामी मगरले १२ तथा कप्तान शक्ती गौचनले अविजित १ रनको पारी खेलेका थिए ।

बलिङतर्फ चितवनको लागी जर्ज स्कटले ३ र ललित सिह भन्डारिले २ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा चितवनले आजको खेल जितेमा विराटनगर वारियर्स सङ्ग अङ्क बराबरी गर्नेछ । विराटनगरले आफ्नो अन्तिम खेल गुमाएमा चितवनको प्ले अफ पुग्ने सम्भावना साकार हुने देखिन्छ ।

आजको खेलमा नेपाली क्रीकेटर शक्ति गौचनको लागी अन्तिम खेल पनि हो । यस अघि नै अन्तर्राष्ट्रिय क्रीकेट बाट सन्यासको घोषणा गरेका शक्तिले घरेलु क्रीकेटलाई पनि बिदाई गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here